Saturday, July 10, 2010

चोखो छँदैछु साथी हल्ला चलेर के भो ?

चोखो छँदैछु साथी हल्ला चलेर के भो ?
जल्दैन हेर पानी आगो बलेर के भो ?

हारेर भाग्न मैले माया गर्या त हैन
सक्नेछु लड्न एक्लै, साथी गलेर के भो ?

विश्वास गर्छु तिम्रो औ हेर्छु प्रेमले म
माया नमार मन् मा आँखा छलेर के भो ?

सप्ना जलाउने त्यो आगो जलेछ आफैँ
हामी खुशी छँदैछौँ संसार जलेर के भो ?

मुस्काउँदा तिमीले, आत्मा भयो उज्यालो
जूनै लुकेर के भो ? घामै ढलेर के भो ?

No comments:

Post a Comment