Saturday, July 17, 2010

गर्न हुन्थ्यो मन का कुरा पर्न पाए तिम्रो छेउ
भर्न हुन्थ्यो तिर्खा मन को सर्न पाए तिम्रो छेउ

कल्पना को आकाश मा चमकने तारा बनी,
गड्न हुन्थ्यो दिल भित्र झर्न पाए तिम्रो छेउ

टोलाएर हेर्छु सधैं क्षितिज मा तिमीलाइ,
चिर्न हुन्थ्यो क्षितिज‎'नि चर्न पाए तिम्रो छेउ

ज्यानकै बाजी थापिदिन्थे पर्दा लगाइ बाटो छेके,
लड्न हुन्थ्यो प्रेम युद्ध मर्न पाए तिम्रो छेउ

No comments:

Post a Comment