Saturday, July 17, 2010

भो अब धेरै भो मैखाना सम्म -तानी तानी नपिलाऊ|
भन्छ गज़ल सराब मलाई -जानी जानी नपिलाऊ ||

सक्छौ एक थोपा अमृत छर्क सक्दैनौ दुइथोपा आँसु पोख
तर हजार बहाना हरुले - बानी बानी नपिलाऊ |
भन्छ गज़ल सराब मलाई -जानी जानी नपिलाऊ ||

काफी हुन्छ त्यही मलाई न्यानो काख र मिठो माया
थरी थरी बजारका रंग -छानी छानी नपिलाऊ |
भन्छ गज़ल सराब मलाई -जानी जानी नपिलाऊ

No comments:

Post a Comment