Saturday, July 17, 2010

फुल झरेको डाली भएँ
रंग उडेको लाली भएँ

ठुलै भाग खोजी हिडें
घोप्टिएको थाली भएँ

संगत'नी भेटें त्यस्तै
साह्रै पापी-जाली भएँ

तन्मन् पुरै मैलिएछु
चरित्रहिन् काली भएँ

बुद्धी भ्रष्ट, सबै नस्ट
रित्तिएछु, खाली भएँ

No comments:

Post a Comment