सोंचे जस्तो बीर शहिदको रगत बोकेर !!
आउ नयाँबर्ष तिमी नौलो जगत बोकेर !!

नेपाली आमा सगरमाथा रुँदै छ आज !
मेरी आमाको आँशु पुछ्ने फगत बोकेर !!

भोक तिर्खा दरिन्द्रपन,यो गरिबिपन संधै !
संधै दूर गर्ने छुट्टै एउटा प्रभात बोकेर !!

सबैको मनमा जोस जागर चेतनाको लहर !
विसंगति हटाई नैतिकताको तागत बोकेर !!

हिम्सा र हत्या, बिकृति र अज्ञानतालाई !
हटाएर विकासै-बिकासको नयाँ सौगात बोकेर !! विस्तृतमा पढ्नुस् »