Monday, April 12, 2010

२०१० जनवरी र फेब्रुवरि महिनाको उत्कृष्ट गजल

बन्द आँखा राजनीतिको खुल्ने कहिले हो
फेरी फूल शान्तिको फुल्ने कहिले हो

ति वीर शहिदले सोचेकोझैं नयाँ नेपाल
बनि भाग्य सबैको खुल्ने कहिले हो

दुई छाक भरि पेट सधै खान पुग्ने गरी
गैरी खेतमा सुनकोबाला झुल्ने कहिले हो

त्रास छन् कति अझैं घरघरमा हेर
निर्धक्कभै आफ्नै गाउँ डुल्ने कहिले हो

पछी मात्र कति लाग्छौ जागी सबै अब
देशका दुस्मन सबै खोरमा हुल्ने कहिले हो

No comments:

Post a Comment